टुँडिखेलमा सेना दिवस तथा महाशिवरात्रि पर्व मनाईयो - MirrorNepal.com

टुँडिखेलमा सेना दिवस तथा महाशिवरात्रि पर्व मनाईयो


काठमाडौं । नेपाली सेनाले २६३औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रमसहित मनाइरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको छ ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको छ ।

सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहका बीच सेनाले युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजीलगायतको आकर्षक सैनिक कौशल प्रदर्शन गरेको छ । विभिन्न देशका सेनाले पनि आफ्नो कलाकौशल प्रस्तुत गरेका थिए । हेलिकप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो ।

सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै विभिन्न संस्कृति झल्कने नृत्य एवं झाँकीसमेत देखाएको थियो ।

तपाईको बिचार