आज सुन-चाँदीको मूल्यमा गिरावट - MirrorNepal.com

आज सुन-चाँदीको मूल्यमा गिरावट


  • Mirror Nepal ३ फागुन २०८२, सोमबार १३:२६:१२

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य घटेर ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ६० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको बिचार