आज सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि - MirrorNepal.com

आज सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि


काठमाडौं। आज बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ। लगातार जस्तो बढेको सुनको मूल्य गत हप्ता ३ लाख ३९ हजारको रेकर्ड कायम गरेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। मंगलबार ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी आज ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँमा कारोवार भैइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियाे।

तपाईको बिचार