आज नेप्से वृद्धि, ११ अर्ब १० करोड बढीको कारोबार - MirrorNepal.com

आज नेप्से वृद्धि, ११ अर्ब १० करोड बढीको कारोबार


काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार शेयरबजार परिसूचक नेप्से करिब ९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ८.९७ अंकले बढ्दै २ हजार ६७१.०७ अंक पुगेको छ । अघिल्ला ४ दिनहरुमा प्रायः सबै दिन ऋणात्मक भएको शेयरबजारमा आज अन्तिम कारोबार दिन भने केही सुधार देखिएको हो ।

आज कारोबार पनि बढेर ११ अर्ब १० करोड २५ लाख रुपैयाँमाथि उक्लिएको नेप्सेले जनाएको छ । अघिल्लो दिन झिनो अंकले नेप्से बढेकोमा ८ अर्ब ६९ करोड २२ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

अन्तिम कारोबार दिन होटल तथा पर्यटन, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स, अन्य समूह र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी अरु समूहको उपसूचक धनात्मक भएका छन् ।

आज १३९ कम्पनीको शेयर मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ । उच्च कारोबार हुनेमा आज न्यादी ग्रुप पावर कम्पनी र एसवाई प्यान नेपाल शीर्ष स्थानमा छन् । न्यादी पावरको ७० करोड ५३ लाख रुपैयाँमाथिको शेयर कारोबार हुँदा एसवाई प्यानलको ४३ करोड ४२ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

तपाईको बिचार