काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ । निगमका अनुसार आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरिएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य बढेपछि निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल र डिजेलरमट्टितेलको मूल्य वृद्धि गरिएको हो ।
यस अनुसार अनुसार पहिलो वर्ग (चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य १५४ रुपैयाँ ५० पैसा कायम भएको छ भने दोस्रो वर्ग (सुर्खेत र दाङ ) मा १५६ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) मा १५७ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ तोकिएको छ ।
तपाईको बिचार