इरानको आणविक ऊर्जा केन्द्रमा हमलाप्रति रुसद्वारा निन्दा - MirrorNepal.com

इरानको आणविक ऊर्जा केन्द्रमा हमलाप्रति रुसद्वारा निन्दा


  • Mirror Nepal ३ चैत २०८२, बुधबार २१:४०:५१

काठमाडौं । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले साप्ताहिक ब्रिफिङमा भनेकी छन्, “हामी बुशहर आणविक ऊर्जा संयन्त्रको भित्री घेरामा गरिएको गैरजिम्मेवार, पूर्ण रूपमा अस्वीकार्य क्षेप्यास्त्र आक्रमणको कडा निन्दा गर्दछौँ ।”

उनले “रूसले संयुक्त राज्य अमेरिका र इजरायललाई प्लान्टमा अझै पनि काम गरिरहेका रूसी नागरिकहरूको जीवनलाई जोखिम सिर्जना हुने कार्य“ नगर्न चेतावनी दिएको उल्लेख गरिन् । मस्कोले बुशहर आणविक ऊर्जा संयन्त्रको निर्माण गर्न मद्दत गरेको थियो ।

सुरक्षा परिषद् प्रमूख लारिजानी र गुप्तचर मन्त्री खातिबको मृत्यु पुष्टि

इरानको विदेश मन्त्रालयले अली लारिजानीको मृत्यु सम्बन्धमा बयान जारी गरेको छ। मन्त्रालयले जनाएको छ कि लारिजानीसँगै उनका छोरा मोर्तेजा लारिजानी, आन्तरिक सुरक्षा उपसचिव अलीरेजा बयात र अन्य गार्डहरू पनि ‘आतंककारी आक्रमणमा शहीद’ भएका छन्।

विदेश मन्त्रालयको बयानमा भनिएको छ– ‘स्पष्ट छ कि यस्तो ‘आतंककारी आक्रमण’ले ईरानी जनता र राष्ट्रिय हितको सुरक्षा गर्ने हाम्रो दृढ इच्छालाई कमजोर बनाउन सक्दैन। बरु, यसले जनता र अधिकारीबीचको एकता, संकल्प र दृढतालाई अझ बलियो बनाउनेछ। यस ‘महान शहीद’को पवित्र रक्त राष्ट्रको शक्ति र निरन्तरता सुनिश्चित गर्नेछ।’

मन्त्रालयले संयुक्त राष्ट्र, सुरक्षा परिषद् र महासचिवलाई स्मरण गराउँदै अमेरिका र ‘जायोनिस्ट शासन’द्वारा गरिएको सैन्य आक्रमण र इरानी जनताको विरुद्धको अपराधमा ठोस प्रतिक्रिया दिन उनीहरूको जिम्मेवारी छ।

यसअघि मंगलबार इसराइलका रक्षामन्त्रि कात्जले अली लारिजानीको मृत्यु भएको दाबी गरेका थिए। अली लारिजानीलाई अगस्त २०२५ मा राष्ट्रपति मसूद पेजेश्कियानले काउन्सिलको सचिव र दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका प्रतिनिधि रूपमा नियुक्त गरेका थिए।

लारिजानीको मृत्युको शोकमा रहेकै बेला इरानका राष्ट्रपति मसूद पेजेश्कियानले देशका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु भएको पुष्टि गरेका छन्। यसअघि इजरायलले राति गरिएको हवाई आक्रमणमा खातिब मारिएको दाबी गरेको थियो।

सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै राष्ट्रपति पेजेश्कियानले भने, ‘मेरा प्रिय सहकर्मी इस्माइल खातिब, अली लारिजानी र अजीज नासिरजादेहको कायरतापूर्ण हत्या भएको छ, साथै उनीहरूका परिवारका केही सदस्य र साथमा रहेका व्यक्तिहरूको मृत्युले हामीलाई गहिरो शोकमा डुबाएको छ।’

यसअघि नै इरानका उच्च सुरक्षा अधिकारी अली लारिजानी र रक्षा मन्त्री अजीज नासिरजादेहको मृत्यु भएको पुष्टि भइसकेको थियो। एजेन्सी

तपाईको बिचार