सभापति बिनै कांग्रेस केन्द्रीय समिति बैठक सुरु - MirrorNepal.com

सभापति बिनै कांग्रेस केन्द्रीय समिति बैठक सुरु


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो ।
तर सभापति गगन थापा बैठकमा सहभागी भएका छैनन् । उनको कुर्सी खाली राखेर बैठक सुरू गरिएको छ ।

सभापति थापाले बुधबार उपसभापति शर्मासमक्ष सभापति पदबाट राजीनामा दिएको पत्र बुझाएका थिए । प्रतिनिधि सभामा कांग्रेसले पराजय भोगेका कारण नैतिक जिम्मेवारी लिँदै थापाले बुधबार राजीनामा दिएका थिए।

बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गरिनेछ । उपसभापति शर्माले बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बताएका छन् । सभापति थापाको राजीनामा फिर्ता गर्न सक्ने निर्णय बैठकले गर्ने उच्च श्रोतले जानकारी दिएको छ ।

तपाईको बिचार