काठमाडौं । असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका एमाले नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालतले दोषी ठहर गरेको छ ।
उनलाई उच्च अदालत जनकपुरले ५ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते सुनाएको फैसालामा हेरफेर गर्दै आदेश सुनाएको हो ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । जिल्ला अदालतको आदेशविरुद्ध तत्कालीन लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्मापक्ष लगायतले उच्च अदालतमा दायर गरेको पुनरावेदन उपर अदालते सजाय सुनाएको हो ।
२०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।
तपाईको बिचार