लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यलाई निरन्तरता दिने सहमति - MirrorNepal.com

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यलाई निरन्तरता दिने सहमति


काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने भएको छ। एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि लुम्बिनीको मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लिला गिरीबीच भक्तपुरको गुण्डुमा छलफल भएको थियो। छलफलबाट आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको पूर्वमुख्यमन्त्री गिरीले बताए।

‘मेरै सहमतिमा आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भएको हो,’ गिरीले पत्रकारसँग भने।

अब लुम्बिनीमा एमाले र नेकपाबीच मन्त्रालय बाँडफाट, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ्ने आचार्यको सचिवालयले जनाएको छ।

मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुवै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृहकार्य सुरु हुने स्रोतले जनाएको छ । हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्यसहित एमालेका पाँच जना मन्त्री छन्।

त्यहाँ नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रीहरूले राजीनामा दिएका थिए। त्यसपछि एमाले र नेकपाका बीचमा नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो।

यससँगै एमाले र नेकपाबीच मन्त्रालयको बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ्ने भएको छ ।

हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्यसहित एमालेका पाँच जना मन्त्री छन् । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका थिए । त्यसपछि एमाले र नेकपाले नयाँ सत्ता समीकरण बनाउने सहमति गरेका हुन् ।

सहमति अनुसार अब नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाइनेछ भने मन्त्रिपरिषद् पुनर्गठन केही दिनभित्रै हुने मुख्यमन्त्री आचार्यको सचिवालयले जनाएको छ।

तपाईको बिचार