बस र माइक्रो ठोक्किँदा तीन जनाको मृत्यु, १५ जना घाइते - MirrorNepal.com

बस र माइक्रो ठोक्किँदा तीन जनाको मृत्यु, १५ जना घाइते


काठमाडौँ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्।

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रो सोमबार बिहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

उनका अनुसार निधन हुनेको पहिचान हुन सकेको छैन । घाइतेहरुको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ।प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए।

तपाईको बिचार