विदेश पठाउने भन्दै ठगी गर्ने गिरोहका दुईजना पक्राउ - MirrorNepal.com

विदेश पठाउने भन्दै ठगी गर्ने गिरोहका दुईजना पक्राउ


काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी बेरोजगार युवायुवतीलाई रोजगारीका लागि लक्जेम्बर्ग र सर्विया पठाउने भन्दै ठगी गर्ने गिरोहका दुईजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए । पक्राउ पर्नेमा तनहुँ, व्यास नगरपालिका- २ की ४० वर्षीया सलिमा खातुन र गोरखाको भीमसेन थापा गाउँपालिकाका ३७ वर्षीय तेजबहादुर लामिछाने हुन् ।

उनीहरूमध्ये खातुनले लक्जेम्बर्ग पठाउने नाममा १६ लाख १५ हजार र लामिछानेले सर्विया पठाउने नाममा १ लाख २० हजार ठगी गरेका थिए । उनीहरू काठमाडौं महानगरपालिका- २६ बाट पक्राउ परेका हुन् ।

तपाईको बिचार