काठमाडाैं । विराटनगरमा यात्रुवाहक बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार बुधबार अपरान्ह कञ्चनबारी चौक नजिक प्र ०३-००१ ख ३३९९ नम्बरको बसले पैदलयात्री ७५ वर्षिया डम्बरकुमारी नेपाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।
ठक्करबाट घाईते भएकी विराटनगर –४ की नेपालको उपचारका लागि कोशी अस्पताल लैजानासाथ चिकित्सकले मृत घोषित गरेका थिए। विराटनगरबाट धरान जाँदै गरेको बसले बाटो क्रस गर्दै गरेका बेला ठक्कर दिँदा महिलाको शव क्षतविक्षत भएको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ। घटनापछि बस र झापाको कनकाई नगरपालिका–३ का ३८ वर्षीय चालक समीर लुइँटेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
तपाईको बिचार