काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानको औपचारिक भ्रमण गर्ने भएका छन् ।नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध गाँसिएको ७० वर्ष पुगेको विशेष अवसर पारी राष्ट्रपति पौडेल जापान भ्रमण जान लागेका हुन् ।
मित्रराष्ट्र जापानले नेपालसँग कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेलले आफ्नो मुलुकको भ्रमण गरिदिए हुन्थ्यो भन्ने इच्छा राखेको छ। त्यही इच्छा बमोजिम राष्ट्रपति पौडेलबाट जापानको भ्रमण हुन लागेको हो।
दुई मुलुकबीच १७ भदौ २०१३ (१ सेप्टेम्बर १९५६) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल यही माघ १८ गते जापान प्रस्थान गर्नेछन् । उनको जापान भ्रमण चार दिनको हुने जनाइएको छ ।
तपाईको बिचार