काठमाडौँमा गोली चलाएर प्रहरीले समात्यो १० लुटेरा - MirrorNepal.com

काठमाडौँमा गोली चलाएर प्रहरीले समात्यो १० लुटेरा


काठमाडौं । काठमाडौंको मूलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

रातिको समयमा विभिन्न व्यक्तिहरूलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।

सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउको क्रममा प्रहरीले गोली चलाएको हो ।

तपाईको बिचार