काठमाडौँ । आज वैशाख १५ , मंगलबारदेखि नयाँ शैक्षिकसत्र औपचारिक सुरू भएको छ । सरकारको निर्णय अनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरू गरिएको हो ।
यसअघि विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएको थियो । तर, यस वर्षदेखि भने सरकारले वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरू गर्ने निर्णय गरेको थियो ।
सरकारले निजी विद्यालयहरूमा लिइँदै आएको कानुनविपरीत भर्ना र अन्य शुल्क फिर्ता गराउन गत चैत २२ गते निर्देशन दिएको थियो ।
सरकारको निर्णय अनुसार नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कार्यक्रम आजदेखि औपचारिक रूपमा शुरू भएको छ। यसअघि मन्त्रिपरिषद्ले वैशाख १५ देखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो।
तर काठमाडौँ उपत्यकाका केही पालिकाले मेयर्स फोरमको आग्रहमा वैशाख ११ गतेदेखि नै भर्ना शुरू गरी आजदेखि नै कक्षा सञ्चालन थालेका छन्। यसले भर्ना प्रक्रियामा केही अन्योल देखिएको छ।
तपाईको बिचार