फेरि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी - MirrorNepal.com

फेरि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी


काठमाडौं । नेपाल शिक्षक महासंघले विगतमा भएको सहमति कार्यान्वयन नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको १६ र १७ साउनमा बसेको परिषद् बैठकले सहमति कार्यान्वयन नभए आगामी भदौदेखि पुनः आन्दोलन गर्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माग सम्बोधन नभए विगतभन्दा ठूलो सहभागितासहित सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

शिक्षा नियमावलीमा असन्तुष्टि जनाउँदै अध्यक्ष सुवेदीले सरकारले विगतमा आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरे पुनः आन्दोलन गर्ने बताएका छन् ।

शिक्षकहरूले २० चैत २०८१ देखि काठमाडौंकेन्द्रित आन्दोलन गरेका थिए । उनीहरूको आन्दोलन २९ दिनसम्म चलेको थियो ।

१७ वैशाख २०८२ मा सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरेको थियो । तर, एक वर्ष नाघिसक्दा पनि सरकारले सहमति अनुसार शिक्षा ऐन नल्याएको भन्दै शिक्षकले फेरि आन्दोलनमा जाने निर्णय गरेका हुन् ।

तपाईको बिचार