सभामुख, उपसभामुख र प्रमुख सचेतकहरूबीच छलफल - MirrorNepal.com

सभामुख, उपसभामुख र प्रमुख सचेतकहरूबीच छलफल


  • MNN २८ जेठ २०८२, बुधबार १४:३८:३६

काठमाडाैं । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकहरूको छलफल जारी छ।

सदनको गतिरोध अन्त्यका विषयमा सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकसहित नेताहरूसँग सभामुख घिमिरेले छलफल गरेका हुन्।

छलफलमा सत्तारुढ दलका मुख्यसचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायत छन्।

छलफलमा  इन्दिरा रानामगर पनि सहभागी छिन्।

तपाईको बिचार