काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि स्थगन भएको छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेका हुन् ।
आजको बैठकको सुरु भएको सभामुखले जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए। उनीहरुले ‘मानव तस्करमाथि छानबिन गर’लगायतका नारा लगाएका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् ।
अब अर्को बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
बैठकअघि सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति जुट्न सकेन ।
विपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।
तपाईको बिचार