फरार राजावादी राप्रपाका महामन्त्री राणा अदालतमा उपस्थित - MirrorNepal.com

फरार राजावादी राप्रपाका महामन्त्री राणा अदालतमा उपस्थित


  • Mirror Team १ असार २०८२, सोमबार १२:३८:१२

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन्। उनी आज बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन्।

गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए। तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए।

राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ। उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ।

तपाईको बिचार