संसदमा अवरोध कायमै, अवरोधबीच बैठक जारी - MirrorNepal.com

संसदमा अवरोध कायमै, अवरोधबीच बैठक जारी


  • MNN १ असार २०८२, सोमबार १४:४०:२३

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा अवरोध कायमै राखेका छन् ।

सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा पनि रास्वपा र राप्रपापका सांसदहरुले अवरोध कायमै गरेका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूची अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए ।

भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरुले लगातार संसद अवरोध गर्दै आएका छन् । आजको बैठकमा रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्नको लागि समय दिएका छन् ।

आजको बैठकमा रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्नको लागि समय दिएका थिए।

तर, विरोधकाबीच पनि सभामुख देवराज घिमिरेले भने हिजोजस्तै संसद् बैठक अगाडि बढाएका छन्।

तपाईको बिचार