काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्षकै चाहना अनुरूप सदन अवराेध भइरहेकाे बताएका छन् । खासमा याे सदन अवराेध भइरहाेस् र कानुन ऐन निर्माणका कार्य चाँडाे अघि नबढाेस् भन्ने चाहना सत्तापक्षकाे चाहना बुझेरै आफूहरूले सदन सूचारू गर्न २ बुँदे सहमति गरेकाे बताए ।
चितवनस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘हामी सत्तापक्षजस्ताे सत्तापक्ष विपक्षजस्ताे भएकाे छ, सदन अवराेध गर्नु भनेकाे सत्तापक्षकाे गैरजिम्मेवारीपनलाई साथ दिनु हाे ।’ भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै १७ दिनसम्म
संसद अवरोध गरेको माओवादी केन्द्रले सत्तारूढ दलसँग २ बुँदे सहमति गरेपछि भएपछि पार्टीभित्रैबाट आलोचना खेपिरहेको छ ।
यसै सन्दर्भमा मंगलबार बिहान चितवनस्थित निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रतिपक्षको हिसाबले हामी कमजोर छौं । तर पनि हामीले संविधानको निम्ति, ऐन कानुनको निम्ति, सिस्टमको निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।’
बजेट माथिको छलफलका लागि संसदको अवरोध हटाउनु परेको उनको भनाइ थियो । संसद अवरोध खुलाउन गरेको दुई बुँदे सहमतिलाई प्रचण्डले माओवादी जिम्मेवार ढंगले प्रस्तुत भएको भनेर व्याख्या गरे । ‘यदि तपाईंहरुले यो कुरालाई गहिरो गरी विचार गर्नुभयो भने माओवादी कति गम्भिर र जिम्मेवार ढंगले चलेको रहेछ भनेर बुझ्न सजिलो हुन्छ,’ प्रचण्डले भने, ‘तपाईंहरुले परम्परागत आँखाले, चलनचल्तीको हिसाबले मात्रै हेर्नुभयो भने के गर्या होला ? भन्न पनि सकिन्छ ।’
तपाईको बिचार