नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश - MirrorNepal.com

नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश


  • Mirror Team ३ असार २०८२, बुधबार २१:१४:०९

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयको कार्यान्वयन नगर्न आदेश दिएको छ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू/दिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ,’ आदेशमा उल्लेख छ।

आफूलाई पदबाट निलम्बन गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध गुरागाईंले गएको जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

पाण्डेले काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बल निमित्त प्रमुख विष्णु जोशी, नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

तपाईको बिचार