इरान र इजरायलमा भ्रमण नगर्न परराष्ट्र मन्त्रालयकाे आग्रह - MirrorNepal.com

इरान र इजरायलमा भ्रमण नगर्न परराष्ट्र मन्त्रालयकाे आग्रह


  • Mirror Team ३ असार २०८२, बुधबार २३:५९:३९

काठमाडौँ । सरकारले  दुई देशबीचको द्वन्द्वका कारण त्यहाँको परिस्थति जटिल बनेको भन्दै हालको अवस्थामा इजरायल र इरानमा वैदेशिक रोजगारी वा भ्रमणमा नजान सरकारले आग्रह गरेको छ।

बुधबार परराष्ट्र मन्त्रालयले यात्रा जानकारी (ट्राभल एडभाइजरी) जारी गर्दै हाललाई ती मुलुकमा जाने योजना समेत नबनाउन आग्रह गरेको हो।

‘इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्र तथा यात्रा नगर्नुहुन्,’ एड्भाइजरीमा भनिएको छ, ‘इजरायल र इरान बाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नुहुन्।’

त्यस्तै सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई त्यहाँको सरकारले दिएका निर्देशन पालना गर्न र सकेसम्म सुरक्षित ठाउँमा रहन आग्रह गरेको छ।

ती देशबाट नेपाल फर्किन चाहानेको विवरण संकलन गरिरहेको समेत मन्त्रालयले जनाएको छ।

तपाईको बिचार