नेकपा एसका सांसद थापाले संसदमा च्याते बजेट पुस्तिका - MirrorNepal.com

नेकपा एसका सांसद थापाले संसदमा च्याते बजेट पुस्तिका


  • Mirror Team ४ असार २०८२, बिहिबार १६:४८:४६

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेट पुस्तिका च्यातेका छन्।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट र विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट जनमुखी नभएको र ुउल्टो बाटोु मा हिँडेको भन्दै उनले आक्रोश पोखेका हुन्।

सांसद थापाले सदनमा बोल्दै भने, ‘जनताबाट उठेको राजस्वबाट बनेको यो बजेट जनताप्रति उत्तरदायी छैन। यो नेता र मन्त्रीमुखी भयो।’ उनले थपे, ‘म यो किताब सदनभित्रै च्यात्ने अनुमति लिएर च्यात्छु।’ लगत्तै उनले बजेट पुस्तिका च्यातेका थिए।

सरकारले ल्याएको बजेटमाथि विभिन्न कोणबाट आलोचना भइरहेका बेला सांसद थापाले यसरी बजेट पुस्तिका च्यातेर विरोध जनाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बजेटमाथि सांसदहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ।

तपाईको बिचार