काठमाडौं । उच्च अदालत, पाटनले पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइपछि आदेशलाई निरन्तरता दिएको हो ।
“निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवदेकलाई पक्राउ नगर्नू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम यस अदालतबाट जारी भएको अल्पकालीन आदेशलाई निरन्तरता दिएको छ” आदेशमा भनिएको छ ।
यसअघि असार २ गते उच्च अदालतले पाठकलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेश निरन्तर हुने कि नहुने भन्ने विषयमा छलफल गर्न आज बोलाएको थियो। आज भएको छलफलपछि अन्तरिम आदेशले निरन्तरता दिएको हो।
तपाईको बिचार