तीन दलका शीर्ष नेताबिचको बैठकमा टीआरसीबारे छलफल - MirrorNepal.com

तीन दलका शीर्ष नेताबिचको बैठकमा टीआरसीबारे छलफल


  • Mirror Team ५ असार २०८२, शुक्रवार २१:५०:४७

काठमाडौँ । पटक-पटक समय तोकेर पनि बस्न नसकेको प्रमूख तीन दलका  शीर्ष नेताहरूबिच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) गठनपछि भइरहेका कामकारबाहीबारे समीक्षा गर्नुका साथै त्यससँग सम्बन्धित प्रशासनिक विषयमा समेत छलफल भएको हो ।

छलफलमा सहभागी नेकपा (माओवादी केन्द्र)का नेता खिमलाल देवकोटाले टीआरसी गठनपछि भइरहेका कामकारबाहीको विषयमा शीर्ष नेतालाई ब्रिफिङ भएको र केही प्रशासनिक काममा भइरहेको अवरोध खुलाउने विषयमा समेत छलफल भएको बताए ।

शान्ति प्रक्रियालाई टुङ्गोमापुर्‍याउन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग (टिआरसी) गठन भएपनि ती आयोगमा कर्मचारी नियुक्ति हुन सकेको छैन । टीआरसीलाई सकारात्मक ढङ्गले अगाडि बढाउने कुरामा तीनै दलका शीर्ष नेताहरू सहमत रहेको बताए । आयोग निर्माण भइसकेकाले बाँकी काम आयोगले गर्ने बताए ।

तीन दलको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी थिए ।

तपाईको बिचार