काठमाडौंं । बिपी राजमार्गमा १५ दिनका लागि रात्री सवारी साधन नचल्ने भएका छन् । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दे यस्तो निर्णय भएको समितिले जनाएको छ ।
राजधानी काठमाडौँ तथा आसपासका क्षेत्रमा परेको अविरल वर्षाका कारण काठमाडौँका खोला नालामा पानीको सतह बढेको छ। बिहीबार र शुक्रबारको अविरल वर्षापछि धोविखोलामा बाढी आएको छ। बाढीका कारण अनामनगर आसपासका क्षेत्रमा कतिपय घरभित्र पानी पसेको छ।
सडक जलमग्न बनेको छ। बाढीले त्यस क्षेत्रमा यातायातसमेत प्रभावित बनेको छ। पानी पर्न नरोकिएका कारण खोलामा जलसतह अझ बढ्ने अनुमान गरिएको छ। बिहीबारदेखि देशैभर मनसुन सक्रिय भएको छ भने कतिपय स्थानमा बाढी तथा डुबानको समस्या सुरु भएको छ।
तपाईको बिचार