काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज आजु, काउलीसहित केही तरकारीको मूल्य घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६३, ठूलो भारतीय गोलभेँडा ८०, सानो लोकल गोलभेँडा ३०, टनेलको गोलभेँडा ४२, रातो आलु ३७, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ६५, बन्दा ३०, स्थानीय काउली ७१, हाइब्रिड सेतो मुला १७, लाम्चो भन्टा १९, डल्ले भन्टा ३६, तने बोडी ३६ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला ३१, परबल ३५, घिरौँला ५४, झिँगुनी ५०, हरियो फर्सी लाम्चो ३३, डल्ले फर्सी ३६, पाकेको फर्सी ४५, भिन्डी ४१, कन्य च्याउ १८०, डल्ले च्याउ ३२०, ब्रोकाउली ७०, न्युरो २६ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६५, ठूलो भारतीय गोलभेँडा ८०, सानो लोकल गोलभेँडा ३१, टनेलको गोलभेँडा ४२, रातो आलु ४२, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ६७, बन्दा ३०, स्थानीय काउली ८७, सेतो मुला २५, लाम्चो भन्टा २५, डल्ले भन्टा २९, तने बोडी ३६ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला ३२, परबल ३६, घिरौँला ४१, झिँगुनी ४५, हरियो फर्सी लाम्चो ३३, डल्ले फर्सी ३१, पाकेको फर्सी ४४, भिन्डी ४१, कन्य च्याउ १८४, डल्ले च्याउ ३०१, ब्रोकाउली ६६, न्युरो २६ रुपैयाँ प्रतिकिलो थियो।
तपाईको बिचार