काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा गरेको छ । आज बसेको सचिवालय बैठकले निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
नेकपा एमालेले निलम्बनमा परेका दुई सदस्यहरू डा. बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
आज बसेको सचिवालय बैठकले आगामी साउन ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गते ललितपुरस्थित सनराइज हलमा बस्ने निर्णय पनि गरेको छ । त्यसैगरी विधान महाधिवेशनमा तीन वटा दस्ताबेज पेस गर्ने एमालेले निर्णय गरेको छ ।
साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पोलिटब्युरो बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकले पारित गरेको विधान संशोधन प्रस्ताव सुझावका लागि तल्ला कमिटीमा लैजानेछ ।
तपाईको बिचार