काठमाडौँ । पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा हाजिर भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत विशेष अदालतमा उपस्थित भएका हुन्। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेको बयान सुरु भएको हो ।
अहिले अदालतमा उनको बयान भइरहेको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ।
फोन कल विवरण, म्यासेज, इन्टरनेट डेटालगायत नागरिकको गोप्य विवरणमा पहुँच राख्ने दूरसञ्चार प्राधिकरणको उपकरण टेरामक्स प्रणाली खरिद प्रकरणमा पूर्व सञ्चारमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले १६ व्यक्ति र २ कम्पनीविरुद्द मुद्दा दायर आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरषोत्तम खनालसहितका प्राधिकरणका पूर्व महानिर्देशकहरुविरुद्ध पनि मुद्दा दायर गरिएको छ । ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी-नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो।
विवादास्पद यस प्रकरणमा अनुसन्धानका क्रममा अख्तियारले तत्कालीन मन्त्रीहरू: ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतसहित मुख्यसचिव वैकुण्ठ अर्याल बाहेक सबैको बयान लिएको थियो ।
तपाईको बिचार