काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान रोपाईं दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
जेठमा राखेको धानको बीउलाई असार लागेपछि रोप्न थालिन्छ । खाद्यवालीमा बर्ष बाली मानिने धान नेपालभरि नै लगाइन्छ । आज देशभर रोपाइँसहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ सालयता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।
धान उत्पादनको हिसाबले तराइका जिल्लाहरु- झापा, मोरंग , सुनसरी लगायत मधेश प्रदेश , लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका तराइका फाँटहरुलाई अन्नको भण्डार मानिन्छ ।
तपाईको बिचार