काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार १८ असार, २०८२ बाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन्। नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले यो निर्णय गरेकी हुन्।
उनले सुरक्षाबाहेकका सबै सुविधा फिर्ता गर्ने भन्दै पठाएकाे पत्र गृह मन्त्रालयमा आज बुधबार दर्ता भएको हो।
उनले आफ्नो सचिवालयमा सरकारका तर्फ रहेका एक उपसचिव, एक शाखा अधिकृत, एक जना कार्यालय सहायक पनि फिर्ता गर्न गृहलाई पत्र लेखेको बताइएकाे छ।
भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ।
एमालेको ११औं महाधिवेशनबाट अब भण्डारीलाई पार्टी अध्यक्ष बनाउने असन्तुष्ट समूहको तयारी रहेको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट मानिएका नेताहरुले भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको राम्रो मानेका छैनन्।
भण्डारीको यो निर्णयले एमाले असन्तुष्ट एउटा पक्ष उत्साहित देखिएको छ भने प्रधानमन्त्री एवं पार्टि अधक्ष्य केपी शर्मा ओली लगायत उनको समूहमा छटपटि सुरु भएको छ ।
तपाईको बिचार