छाउगोठमा युवतीको मृत्यु भएपछि छाउपडी गोठहरू भत्काउन निर्देशन - MirrorNepal.com

छाउगोठमा युवतीको मृत्यु भएपछि छाउपडी गोठहरू भत्काउन निर्देशन


  • Mirror Nepal २८ असार २०८२, आइतबार १४:२७:२३

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक युवतीको छाउगोठमा मृत्यु भएपछि छाउपडी गोठहरू भत्काउन वडा कार्यालयहरूलाई निर्देशन दिएको छ ।

कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीकी २८ वर्षीया कमला दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा सर्पले डसेर शनिबार मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउपडी गोठहरू भत्काउन निर्देशन दिएको हो ।

नगरपालिकाले उक्त कार्य कार्यान्वयनमा नल्याए सम्बन्धित पक्षलाई कानूनी कारबाहीसहित १० हजार रुपैयाँ जरिवाना हुने कुरा सम्बन्धितहरूलाई जानकारी गराउन पनि अनुरोध गरेको छ ।

नेपालको सुदूरपश्चिम क्षेत्रमा अहिले पनि महिनावारी भएका समयमा महिलाहरूलाई ‘अशुद्ध’ ठानी घर, परिवार र समाजबाट अलग गोठमा राख्ने प्रचलन कायमै छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ ।

यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था पनि ऐनमा रहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर

रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
Mirror Nepal
१७ फागुन २०८२, सोमबार १८:०३:०२

काठमाडाैँ । रामेछाप नगरपालिका–२ स्थित देउरालीमा भएको दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ। वडाध्यक्ष नीरबहादुर श्रेष्ठका अनुसार एक जन असईको मृत्यु भएको हो। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी सोमबार दिउँसो दुर्घटना भएको थियो। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। गाडीबाट हाम फालेका तीन जना सकुशल छन्। घाइतेहरूको उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ। गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । मन्थलीबाट मतदान केन्द्र कालिकादेवी मावि र देउराली माविको निर्वाचन सामाग्री लिई कर्मचारीसहित जाँदै गरेको गाडी दुर्घटना भएको हाे ।गाडी करिब २०० मिटर तल खसेकाे जनाइएकाे छ ।