एनपीएल अक्सनका लागि खेलाडी दर्ता खुला - MirrorNepal.com

एनपीएल अक्सनका लागि खेलाडी दर्ता खुला


  • Mirror Nepal २८ असार २०८२, आइतबार १९:१९:१०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि नेपाली खेलाडीहरुको अक्सनमा सहभागी हुन खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ । नेपाल क्रिकेटसंघ (क्यान) ले विज्ञप्ति जारी गर्दै इच्छुक खेलाडीहरुलाई अक्सनमा सहभागी हुन अनुरोध गरेको हो ।

दर्ता शुल्क प्रतिखेलाडी १ हजार तोकिएको छ भने दर्ता गर्ने अन्तिम म्याद साउन ६ गते सम्म रहेको छ । हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडीहरू तथा अक्सनमा सहभागी हुन चाहने सबै नेपाली खेलाडीहरूले अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ । अक्सनका लागि खेलाडीहरूलाई तीन श्रेणी (ए, बी र सी) मा वर्गीकरण गरिएको छ ।

खेलाडीहरूले आफ्नो इच्छा अनुसार उपयुक्त श्रेणी रोजी नाम दर्ता गराउन सक्ने सूचनामा उल्लेख छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्र राजनीति गर्ने थलो होइन भन्दै खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लाई चेतावनी दिएको पर्सीपल्टै क्यानले सूचना जारी गरेको हो ।

एनपीएललाई लिएर राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) बीच विवाद चलिरहेको छ । मन्त्री चौधरीले एनपीएलको विवादको अनुसन्धान गर्न आफू निकट राखेप सदस्य रञ्जना प्रधानको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । सोही कार्यदलले अख्तियारले छानबिन पूरा नगरेसम्म एनपीएलको काम रोक्न निर्देशन दिएको थियो ।

सोही विषयमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले विहिबार खेलकुद मन्त्रीलाई खेल क्षेत्रमा राजनीति नगर्न चेतावनी दिएका थिए । एनपीएलको भब्य तयारी हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भनेका थिए–‘एनपीएलको भब्य तयारी गर्नुस्। यो हाम्रो नेशनल प्राइड हो । यसलाई राष्ट्रिय स्तरमा बढाउनु पर्छ । जसरी क्रिकेटको क्रेज बढेको छ । देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानु पर्छ । यसको आयोजना गर्नुस् । यो खेलिनु पर्छ ।’

तपाईको बिचार

सम्बन्धित खबर

साम्बाको उपचार खर्चको लागि सहयोग जुट्न थाल्यो
साम्बाको उपचार खर्चको लागि सहयोग जुट्न थाल्यो
Mirror Nepal
११ फागुन २०८२, मङ्गलबार १३:३३:५९

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले रु ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। हाल घुँडाको गम्भीर चोटका कारण उपचारको तयारीमा रहेकी भण्डारीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार, देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडीलाई कठिन समयमा साथ दिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै उपचार तथा पुनः मैदानमा फर्किनका लागि सानो सहयोगस्वरूप यो रकम प्रदान गर्न लागिएको हो। एक्स्ट्रिम एनर्जी ड्रिंकले सावित्रा भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी छिट्टै पूर्ण रूपमा स्वस्थ भई पुनः नेपालको जर्सी लगाएर मैदानमा फर्किने विश्वास व्यक्त गरेको छ। यसैगरि नेपाली कांग्रेसले पनि सम्बाको उपचार खर्चको लागि ५ लाख सहयोग गर्ने घोषणा गरेको थियो ।