साफ यु–२० महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल पराजित - MirrorNepal.com

साफ यु–२० महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल पराजित


  • Mirror Nepal २८ असार २०८२, आइतबार २२:१५:३६

काठमाडौँ । नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशसँग पराजित भएको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आइतबार भएको खेलमा बंगलादेशको टोलीले ३–२ को कठिन जित हात पारेको हो। लगातारको दोस्रो जितसँगै बंगलादेशले उपाधि सम्भावना बलिएको बनाएको छ।

बंगलादेशले पहिलो खेलमा श्रीलंकामाथि ९–० को फराकिलो जित निकाल्दै सानदार सुरुआत गरेको थियो। बंगलादेशलाई पराजित गर्दै नेपाललाई शीर्ष स्थानसँगै उपाधि सम्भावना बलियो बनाउने मौका थियो। तर भुटानमाथि ६–० को सानदार जित हात पारेको नेपाल अन्तिम ५ सेकेन्डमा डिफेन्स लाइनमा नराम्ररी चुम्यो।

योसँगै नेपालको उपाधि सम्भावना कमजोर बनेको छ। तैपनि नेपालले माल्दिभ्स र श्रीलंकासँग खेल्न बाँकी छ। बंगलादेशले पनि भुटान र माल्दिभ्ससँग खेल्न बाँकी छ। यी सबै टोली बंगलादेश र नेपालको तुलनामा कमजोर हुन्।

तपाईको बिचार

सम्बन्धित खबर

साम्बाको उपचार खर्चको लागि सहयोग जुट्न थाल्यो
साम्बाको उपचार खर्चको लागि सहयोग जुट्न थाल्यो
Mirror Nepal
११ फागुन २०८२, मङ्गलबार १३:३३:५९

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले रु ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। हाल घुँडाको गम्भीर चोटका कारण उपचारको तयारीमा रहेकी भण्डारीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार, देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडीलाई कठिन समयमा साथ दिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै उपचार तथा पुनः मैदानमा फर्किनका लागि सानो सहयोगस्वरूप यो रकम प्रदान गर्न लागिएको हो। एक्स्ट्रिम एनर्जी ड्रिंकले सावित्रा भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी छिट्टै पूर्ण रूपमा स्वस्थ भई पुनः नेपालको जर्सी लगाएर मैदानमा फर्किने विश्वास व्यक्त गरेको छ। यसैगरि नेपाली कांग्रेसले पनि सम्बाको उपचार खर्चको लागि ५ लाख सहयोग गर्ने घोषणा गरेको थियो ।