काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथालाई चार पटक सफलतापूर्वक आरोहण गरिसकेका प्रख्यात हिमालारोही मिङमार शेर्पाले नेपाल पर्वतारोहण संघ (NMA) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उनले ८,००० मिटर भन्दा माथिका दर्जनौँ हिमाल सफलतापूर्वक चढिसकेका छन्, जसमा माउन्ट केटु, माउन्ट लोत्से, माउन्ट नुप्से र कञ्चनजङ्घा लगायतका शिखरहरू समावेश छन्।
१५ बर्ष पर्वतारोहण अनुभव गरिसकेका शेर्पाले भने, “नेपालको हिमाल र पर्वतारोहणको गौरवलाई अझै उच्च स्तरमा पुर्याउने मेरो लक्ष्य हो। हिमालारोहणमा देखिएको चुनौती, सुरक्षा र व्यवस्थापनका सुधारका लागि म संघमा सक्रिय भएर काम गर्नेछु।”
तपाईको बिचार