भण्डारीलाई अपमान नगरी सदस्यता खुला गरौँ : नेता पौडेल - MirrorNepal.com

भण्डारीलाई अपमान नगरी सदस्यता खुला गरौँ : नेता पौडेल


काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोक्न नहुने बताएका छन्। मंगलबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले भण्डारीलाई इज्जत र सम्मानसहित पार्टीमा स्थान दिनुपर्ने धारणा राखे।

उनले भने, ‘फेरि पनि हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली नै हो। उहाँलाई सर्वसम्मत अध्यक्ष बनाउनु पर्छ र उहाँकै नेतृत्वमा मिसन ०८४ को चुनाव लड्ने हो। तर विद्या भण्डारीको सदस्यता ओपन गरौँ, उहाँलाई अनेकौँ फूलबुट्टा लगाएर छेकेर अपमान नगरौँ। उहाँलाई छेक्दा एउटा पङ्क्ति रिसाउँछ त्यसकारण छेक्ने काम नगरौँ। ‘

पौडेलले एमालेभित्र ओलीको विकल्प खोज्ने भन्दा सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले भण्डारी पार्टीप्रति आस्था राख्ने नेतृ भएकाले उनको योगदानको कदर गर्दै सम्मानपूर्वक भूमिका दिनु नेतृत्वको जिम्मेवारी रहेको बताए।

तपाईको बिचार