काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । निजी विद्यालयको संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
उनीहरुले सबै तहका समितिलाई आन्दोलनको आवश्यक तयारी गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत आज पहिलो दिन देशैभरिका पालिका प्रमुख र शिक्षा शाखामा ज्ञापनपत्र बुझाइँदैछ ।
त्यस्तै भोलि (शुक्रबार) जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाउने, आगामी भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।
भदौ २ गते आफ्नो क्षेत्रका सांसदहरूलाई ज्ञापन पत्र बुझाउने र सुझाव संकलनका लिग राष्ट्रिय परिषद्को भर्चुअल बैठक गर्ने निर्णय समेत उनीहरुले गरेका छन्।
भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक गर्ने र भदौ ६९७ गते केन्द्र र प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने घोषणा उनीहरूको छ ।
नेशनल प्याब्सन र प्याब्सनले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै भोलि (बिहीबार)देखि सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
सङ्घीय संसदबाट पारित गर्न लागिएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा आफनो मागहरू सम्बोधन नभएपछि आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना आएको उनीहरूको भनाइ छ ।
निजी विद्यालय सञ्चालकका माग र आन्दोलनका कार्यक्रम :

तपाईको बिचार