बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन- महामन्त्री थापा - MirrorNepal.com

बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन- महामन्त्री थापा


  • Mirror Nepal ३ भाद्र २०८२, बुधबार २१:४६:२३

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूसँग बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न नहुने बताएका छन् । काठमाडौंमा प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘मसँग संख्या छ भनेर जे पनि गर्न पाइँदैन ।

संख्याको आधारमा गरिने निर्णय वैधानिक हुन्छ, संसद्‌‌मा होस् वा पार्टीमा । तर, आममानिसले त्यो निर्णय स्वीकार्छ कि स्वीकार्दैन, निर्णय गरियो संख्याका आधारमा वैधानिक हुन्छ, सबैले स्वीकारे भने त्यो वैध हुन्छ।’

थापाले प्रजातन्त्र चल्नका लागि वैधानिक मात्र नभई वैध पनि हुनुपर्ने बताए । थापाले देशमा आइपरेको चुनौती कांग्रेसले मात्रै समाधान गर्नसक्ने दाबी पनि गरे । कांग्रेसले विगतमा गरेका निर्णय वैधानिक र वैध रहेको थापाले उल्लेख गरे ।

‘चुनाव जित्ने आकांक्षा राख्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । तर, सबै कुरा त्यो होइन । सत्तामा पुग्ने कुरा पनि सशर्त हो निःशर्त होइन । हाम्रा आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ रहँदैन । कांग्रेसको आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता छ । त्यो सँग सम्झौता गरेर सत्तामा टिकिराख्ने भन्ने कुरा हुँदैन’, थापाले भने, ‘हामी निर्वाचन जित्छौं, मत प्राप्त गर्छौं, सरकार बनाउँछौं । प्रजातन्त्रमा संख्याका आधारमा निर्णय गर्न पाइन्छ, तर मसँग संख्या छ भनेर जे पनि निर्णय गर्न पाइँदैन ।’

तपाईको बिचार

सम्बन्धित खबर