एनपिएलको दोस्रो संस्करण मंसिरमा हुने - MirrorNepal.com

एनपिएलको दोस्रो संस्करण मंसिरमा हुने


  • Mirror Nepal ४ भाद्र २०८२, बिहिबार १९:५४:१२

काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी मंसीरमा आयोजना गर्ने भएको छ।

एक विज्ञप्ति जारी गर्दै क्यानले प्रतियोगिताको मिति घोषणा गरेको हो। प्रतियोगिता काठमाडौंमा मंसीर १ देखि २७ (नोभेम्बर १७ देखि डिसेम्बर १३) सम्म आयोजना गर्न लागेको हो।

यसअघि पहिलो संस्करण गत वर्ष १५ मंसीर देखी ६ पुससम्म आयोजना भएको थियो।

क्रिकेट संघका अनुसार दोस्रो संस्करणलाई अझ व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी तीव्र पारिएको छ।

तपाईको बिचार

सम्बन्धित खबर

साम्बाको उपचार खर्चको लागि सहयोग जुट्न थाल्यो
साम्बाको उपचार खर्चको लागि सहयोग जुट्न थाल्यो
Mirror Nepal
११ फागुन २०८२, मङ्गलबार १३:३३:५९

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि एक्स्ट्रिम एनर्जी ड्रिंकले रु ५ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। हाल घुँडाको गम्भीर चोटका कारण उपचारको तयारीमा रहेकी भण्डारीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कम्पनीले उक्त सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। कम्पनीका अनुसार, देशका लागि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडीलाई कठिन समयमा साथ दिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै उपचार तथा पुनः मैदानमा फर्किनका लागि सानो सहयोगस्वरूप यो रकम प्रदान गर्न लागिएको हो। एक्स्ट्रिम एनर्जी ड्रिंकले सावित्रा भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी छिट्टै पूर्ण रूपमा स्वस्थ भई पुनः नेपालको जर्सी लगाएर मैदानमा फर्किने विश्वास व्यक्त गरेको छ। यसैगरि नेपाली कांग्रेसले पनि सम्बाको उपचार खर्चको लागि ५ लाख सहयोग गर्ने घोषणा गरेको थियो ।