जेन-जी प्रदशर्नमा १९ को मृत्यु भएपछि गृहमन्त्री लेखकले दिए राजीनामा - MirrorNepal.com

जेन-जी प्रदशर्नमा १९ को मृत्यु भएपछि गृहमन्त्री लेखकले दिए राजीनामा


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि लेखक राजीनामा दिन बाध्य भएका थिए । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

कांग्रेसको पदाधिकारीहरुको आकस्मिक बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा ठूलो जनधनको क्षति भएको बताउँदै नौतिकताको आधारमा आफू पदमा बस्न नसक्ने जानकारी गराएका थिए । सोही लगतै प्रधानमन्त्री ओलीलाई उनले राजीनामा पत्र बुझाए।

आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने बताएका थिए ।

तपाईको बिचार