जेन–जीको नाममा अपराध गर्नेमाथि कारबाही सुरु : महेश बस्नेत - MirrorNepal.com

जेन–जीको नाममा अपराध गर्नेमाथि कारबाही सुरु : महेश बस्नेत


  • Mirror Nepal ३० भाद्र २०८२, मङ्गलबार १४:३२:५३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता महेश बस्नेतले जेन–जीको नाममा अपराध गर्नेमाथि कारबाही सुरु गरिएको बताएका छन्।

चोरी, लुटपाट र आगजनी गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूविरुद्ध डिजिटल जेनेरशन फोर्स ( डिजी फोर्स) गठन गरेर कारबाही सुरु गरिएको उनले बताए ।

‘जेन्जीको नाममा हत्या, चोरी, लुटपाट र आगजनी गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूविरुद्ध डिजी फोर्स गठन गरी कारबाही सुरु गरिएको छ,’ उनले सामाजिक सञ्जालमा कारबाही गर्दे गरेको भिडियो सेयर गर्दै लेखेका छन्, ‘सबै नागरिक, विशेषगरि साक्षी र सम्बन्धित पक्षहरूले प्रहरीलाई आवश्यक फोटो, भिडियो तथा सूचना उपलब्ध गराइ सहयोग गर्न अनुरोध गर्दछौ।’

तपाईको बिचार

सम्बन्धित खबर

रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
Mirror Nepal
१७ फागुन २०८२, सोमबार १८:०३:०२

काठमाडाैँ । रामेछाप नगरपालिका–२ स्थित देउरालीमा भएको दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ। वडाध्यक्ष नीरबहादुर श्रेष्ठका अनुसार एक जन असईको मृत्यु भएको हो। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी सोमबार दिउँसो दुर्घटना भएको थियो। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। गाडीबाट हाम फालेका तीन जना सकुशल छन्। घाइतेहरूको उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ। गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । मन्थलीबाट मतदान केन्द्र कालिकादेवी मावि र देउराली माविको निर्वाचन सामाग्री लिई कर्मचारीसहित जाँदै गरेको गाडी दुर्घटना भएको हाे ।गाडी करिब २०० मिटर तल खसेकाे जनाइएकाे छ ।