प्रधानमन्त्री कार्कीलाई अमेरिकी राजदूत थम्पसनको बधाई - MirrorNepal.com

प्रधानमन्त्री कार्कीलाई अमेरिकी राजदूत थम्पसनको बधाई


काठमाडौं । नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट गर्दै राजदूत थम्पसनले बधाई दिएका हुन् ।

यसअघि नेपालका लागि चिनियाँ राजदूत छन सोङले कार्कीलाई भेटेका थिए । त्यसअघि अन्तरिम सरकार प्रमुख कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ता गरेकी थिइन् ।

भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका कारण केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । तीन मन्त्रीसमेत नियुक्त भइसकेका छन् ।

तपाईको बिचार