पूर्वप्रधानमन्त्री खनाल पत्नी रविलक्ष्मीको स्वास्थ्यमा सुधार - MirrorNepal.com

पूर्वप्रधानमन्त्री खनाल पत्नी रविलक्ष्मीको स्वास्थ्यमा सुधार


काठमाडौं । गत भदौ २४ को जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छन् ।

सो दिन प्रदर्शनकारीले झलनाथको घरमा समेत आगजनी तथा तोडफोड गरेका थिए । त्यसबेला घरमै रहेकी चित्रकारको शरिरमा आगलागी समेत भएको थियो ।

हाल उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । उनको शल्यक्रियाको क्रममा बाँया हात काट्न परेको पारिवारिक स्रोतले जनाएको छ ।

अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र वार्डमा सारिएको हो ।

तपाईको बिचार