काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर आएका छन् । गत भदौ २४ को जेन-जी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिँदै बालुवाटारबाट सेनाको हेलिकोप्टरमार्फत् सुरक्षित स्थानमा गएका थिए ।
ओलीलाई ललितपुरको लेलेमा रहेको सैनिक ब्यारेकमा सेनाको उच्च निगरानीमा राखिएको थियो । बालकोटस्थित ओलीको घरसमेत जेन-जी आन्दोलनका क्रममा जलाइएको छ । ओलीको घर जलेपछि आज लेलेबाट भक्तपुरस्थित गुण्डुमा ल्याएर भाडाको घरमा राखिएको छ ।
उक्त क्षेत्र पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता महेश बस्नेतको क्षेत्र हो । केही दिनदेखि बस्नेतले ओलीलाई सैनिक ब्यारेकबाट गुण्डुस्थित एक घरमा राखिएको हो । अहिले उक्त स्थानमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको ठूलो भीड लागेको छ ।
ओली केही दिन औपचारिक कार्यक्रममा बाहिर ननिस्कने बताइएको छ । भदौको दोस्रो साता ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै चौतर्फी आलोचना भएको थियो ।
तपाईको बिचार