एमालेका निलम्बित सचिव रायमाझी कारागार फर्किए - MirrorNepal.com

एमालेका निलम्बित सचिव रायमाझी कारागार फर्किए


  • Mirror Nepal ६ असोज २०८२, मङ्गलबार १४:५०:४२

काठमाडौँ । नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी सोमबार साँझ कारागार फर्किएका छन् । भदौ २४ गते जेनजीको आन्दोलनपछि उनी सुनधारा कारागारबाट अन्य कैदी बन्दीसँगै फरार भएका थिए ।

यसअघि सुनधारा कारागारमा रहेका रायमाझीलाई फर्किएलगत्तै कारागारसमेत सरुवा गरिएको छ। उनलाई डिल्ली बजार कारागार पठाइएको छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

जेलबाट बाहिर निस्किएपछि रायमाझीले अवस्था सामान्य भएपछि आफैँ उपस्थित हुने भन्दै फोन गरेका थिए। अन्य कैदी बन्दी पनि कोही आफैँ र कसैलाई पक्राउ गर्दै फर्काउने काम भइरहेको छ।

जेनजी आन्दोलनको क्रममा देशभरका २७ वटा कारागारमा १४ हजार ५५५ जना कैदी बन्दी फरार भएका थिए । तीमध्ये ६ हजार ९८४ जना फिर्ता भइसकेका छन् भने अझै ७ हजार ५७१ जना फरार छन् । केन्द्रीय कारागार सुनधाराबाट मात्रै ३ हजार ५२३ जना कैदी बन्दी फरार भएका थिए।

सरकार र कारागार प्रशासनले फरार भएका कैदी बन्दीलाई फिर्ता ल्याउने प्रयासलाई तीव्रता दिएका छन्।

तपाईको बिचार

सम्बन्धित खबर

रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
Mirror Nepal
१७ फागुन २०८२, सोमबार १८:०३:०२

काठमाडाैँ । रामेछाप नगरपालिका–२ स्थित देउरालीमा भएको दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ। वडाध्यक्ष नीरबहादुर श्रेष्ठका अनुसार एक जन असईको मृत्यु भएको हो। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी सोमबार दिउँसो दुर्घटना भएको थियो। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। गाडीबाट हाम फालेका तीन जना सकुशल छन्। घाइतेहरूको उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ। गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । मन्थलीबाट मतदान केन्द्र कालिकादेवी मावि र देउराली माविको निर्वाचन सामाग्री लिई कर्मचारीसहित जाँदै गरेको गाडी दुर्घटना भएको हाे ।गाडी करिब २०० मिटर तल खसेकाे जनाइएकाे छ ।