रास्वपासँग एकता भंगपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान - MirrorNepal.com

रास्वपासँग एकता भंगपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता भंग भएपछि कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष नियुक्त भएका छन् । पार्टी प्रवक्ता डा. राजु थापाले घिसिङ अध्यक्ष नियुक्त भएको जानकारी साँझ ६ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताए ।

यस बारेमा जानकारी दिनको लागि उज्यालो नेपाल पार्टीले साँझ ६ बजे पत्रकार सम्मेलन राखेको थापाको भनाई छ । उज्यालोको तर्फबाट अघि सारिएका केही मागहरू पूरा गर्न नसकिने भन्दै रास्वपाले एकता टुटेको घोषणा गरेको थियो। रास्वपाको आकस्मिक सचिवालय बैठक अहिले जारी छ।

मन्त्री पदबाट राजीनामा दिएका कुलमान यसबीच शनिबार पटकपटक रास्वपा सभापति रवि लामिछानेसहितको छलफलमा थिए । स्रोतका अनुसार कुलमानले रास्वपासँग केन्द्रीय समितिमा २६ सिट पाउनुपर्ने अडान राखेका थिए । रास्वपाले यसअघि १२ सिट दिने अनौपचारिक निर्णय गरेको थियो ।

यसैगरी समानुपातिकमा आफ्नो तर्फका कम्तिमा ६ जनाको सिट सुनिश्चितको मा राखेका थिए ।

यस्तै प्रत्यक्ष निर्वाचनमा आफ्नो पार्टीको ३० प्रतिशत उम्मेदवारी सुनिश्चित गर्नुपर्ने पनि माग थियो ।

तपाईको बिचार