धादिङको फ्याक्सेमा माघे सक्रान्तिमा गोरु जुधाई महोत्सव हुँदै - MirrorNepal.com

धादिङको फ्याक्सेमा माघे सक्रान्तिमा गोरु जुधाई महोत्सव हुँदै


काठमाडौँ । धादिङको निलकण्ठ नगरपालिका–५ फ्याक्सेमा माघ एक गते गोरु जुधाई महोत्सव हुने भएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमसहित ११ औँ गोरु जुधाई महोत्सव आयोजनाको तयारी सुरु भएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ ।

माघ एक गते हुने कार्यक्रममा गोरु जुधाईमा सहभागी हुन गोरु दर्ता आह्वान गरिएको र हाट बजार व्यवस्थापनको काम भइरहेको कार्यक्रममा संयोजक क्षितिज श्रेष्ठले सिधाकुरालाई बताए ।

महोत्सवमा गोरु जुधाईका अतिरिक्त, स्थानीय सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनहरूको बिक्री वितरणका लागि हाट सञ्चालन तथा ख्यातिप्राप्त गायक तथा कलाकारहरूको प्रस्तुती रहने श्रेष्ठले जानकारी दिए ।

खाल्टेमा पछिल्लो ११ वर्षदेखि गोरु जुधाई महोत्सव हुँदै आएको छ ।

तपाईको बिचार