यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान प्रभावित - MirrorNepal.com

यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान प्रभावित


  • Mirror Nepal १ माघ २०८२, बुधबार १३:४९:११

काठमाडौं । आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (जहाज ९ एन–एएमडी) ढिला भएको छ। बुद्ध एयरका अनुसार यात्रु सुमन गौतमले अनाधिकृत रूपमा जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको हो।

घटना पश्चात उक्त यात्रु तत्काल विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। जहाजको सुरक्षा र प्राविधिक परीक्षण सुनिश्चित गर्न काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ भने परीक्षण पूरा भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालिन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ। यस घटनाले यात्रुवर्गमा पारेको असुविधाप्रति बुद्ध एयरले क्षमाप्रार्थी गरेको जनाएको छ।

तपाईको बिचार

सम्बन्धित खबर

रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
Mirror Nepal
१७ फागुन २०८२, सोमबार १८:०३:०२

काठमाडाैँ । रामेछाप नगरपालिका–२ स्थित देउरालीमा भएको दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ। वडाध्यक्ष नीरबहादुर श्रेष्ठका अनुसार एक जन असईको मृत्यु भएको हो। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी सोमबार दिउँसो दुर्घटना भएको थियो। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। गाडीबाट हाम फालेका तीन जना सकुशल छन्। घाइतेहरूको उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ। गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । मन्थलीबाट मतदान केन्द्र कालिकादेवी मावि र देउराली माविको निर्वाचन सामाग्री लिई कर्मचारीसहित जाँदै गरेको गाडी दुर्घटना भएको हाे ।गाडी करिब २०० मिटर तल खसेकाे जनाइएकाे छ ।