काठमाडौं महानगर प्रहरीका प्रमुख राजु पाण्डेको राजीनामा - MirrorNepal.com

काठमाडौं महानगर प्रहरीका प्रमुख राजु पाण्डेको राजीनामा


  • Mirror Nepal २ माघ २०८२, शुक्रवार १४:०९:४३

काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । आगानी निर्वाचनमा उम्मेदवार बन्ने चर्चाका बीच उनले राजीनामा दिएका हुन् ।

उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट रास्वपाको तर्फबाट उम्मेदवारी दिने चर्चा छ । काठमाडौं ४ कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले जितेको क्षेत्र हो । पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर

रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
रामेछापमा गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
Mirror Nepal
१७ फागुन २०८२, सोमबार १८:०३:०२

काठमाडाैँ । रामेछाप नगरपालिका–२ स्थित देउरालीमा भएको दुर्घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ। वडाध्यक्ष नीरबहादुर श्रेष्ठका अनुसार एक जन असईको मृत्यु भएको हो। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी सोमबार दिउँसो दुर्घटना भएको थियो। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्। गाडीबाट हाम फालेका तीन जना सकुशल छन्। घाइतेहरूको उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ। गाडीमा १०/११ जना निर्वाचन कर्मचारी र प्रहरी रहेका थिए । अहिले उद्धारका काम जारी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । मन्थलीबाट मतदान केन्द्र कालिकादेवी मावि र देउराली माविको निर्वाचन सामाग्री लिई कर्मचारीसहित जाँदै गरेको गाडी दुर्घटना भएको हाे ।गाडी करिब २०० मिटर तल खसेकाे जनाइएकाे छ ।